बागमतीका आशुतोषको कोशीविरुद्ध शतक

डिसी नेपाल
५ माघ २०८० १२:०७
40
Shares

काठमाडौं। बागमती प्रदेशका आशुतोष घिरोहियाले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन्।

शुक्रबार जारी खेलमा आशुतोषले कोशी प्रदेशविरुद्ध शतक बनाएका हुन्। यो उनको क्यारियरको पहिलो शतक हो।

यो यस प्रतियोगितामा बनेको पाँचौं शतक हो । यस अघि नेपाल पुलिस क्लबका राशिद खान, त्रिभुवन आर्मी क्लबका बिनोद भण्डारी, एपीएफ क्लबका सन्दीप जोरा र कोशी प्रदेशका सुजन थपलियाले यस प्रतियोगितामा शतक बनाएका छन्।

यो समाचार तयार गरुन्जेल बागमतीले ३२ ओभरमा २ विकेट गुमाएर १८४ रन बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *