गीत : म हुनु…

सुरेश राई
६ माघ २०८० २१:१७
208
Shares

डुब्नु ,अस्ताउनु ,झर्नु ,रित्तिनु, निभ्नु या ओइलिनु
तिमीलाई थाहै छ यी सबै एकै हुन् जस्तो कि म हुनु

जसरी दर्के झरीसँग हार्यो कागजको फूल यहाँ
जसरी तातो आँसुमा बिलाए लाखौं लाख सपना
मेरो घर थियो उस्को आंगालो त्यहीँ पहिरो गैदियो
जसरी रहर थिए जो जिउँदा सबै, इतिहास भैदियो

डुब्नु ,अस्ताउनु ,झर्नु ,रित्तिनु, निभ्नु या ओइलिनु
तिमीलाई थाहै छ यी सबै एकै हुन् जस्तो कि म हुनु

जसरी स्वीकारेँ यो धरतीमा हिजो थिइनँ भनेर
जसरी भोलि फेरि म रहने छैन स्वीकार्छु हाँसेर
मेरो सबथोक हो उनकै जो पछि ब्यर्थ भैजाला
जसरी समय नदीमा थोत्रा समय बगेर गैजाला

डुब्नु ,अस्ताउनु ,झर्नु ,रित्तिनु, निभ्नु या ओइलिनु
तिमीलाई थाहै छ यी सबै एकै हुन् जस्तो कि म हुनु

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *