रियल बेटिसमाथि बार्सिलोनाको सहज जित
काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने जोआओ फेलिक्सले एक गोल गरेका थिए। यस्तै रियल बेटिसका लागि इस्कोले दुवै गोल गरेका थिए।
यो जितपछि बार्सिलोनाले २० खेलमा ४४ अंक हासिल गरेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ। त्यस्तै रियल बेटिस २१ खेलमा ३१ अंकसहित लिगमा नवौं स्थानमा रहेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment