प्रधानमन्त्री कप: कर्णाली प्रदेशमाथि बागमती ७ विकेटले विजयी
काठमाडौं। बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ। जारी पीएम कप अन्तर्गत सोमबार सम्पन्न खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको लक्ष्य पछाएको बागमती प्रदेशले १३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।
यस अघि मुलपानी मैदानमा कर्णालीले पहिला ब्याटिङ गर्दै २४.२ ओभरमा केवल ७८ रनमा अल आउट भएको थियो। कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले सर्बाधिक २३ रन बनाए भने निश्चल रावलले १३ रन बनाएका थिए। कर्णालीका अन्य ब्याट्सम्यानले यस खेलमा दोहोरो अंकमा रन बनाउन सकेनन्।
कर्णालीको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा बागमतीका बलर रिजन ढकालले सर्बाधिक ५ विकेट लिएका थिए । त्यस्तै क्रिजन गुरुङले २ विकेट लिए भने प्रतिश जिसी, सुर्य तामाङ र विपिन आचार्यले एक एक विकेट लिएका छन्।
यो जितपछि बागमती प्रदेशको ६ खेलमा ८ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ। त्यस्तै कर्णाली प्रदेशले भने तेस्रो हार व्यहाेरेको छ। ५ खेलमा ४ अंक भएको कर्णाली सातौं स्थानमा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment