पार्किङ निषेध गरेको भन्दै न्युरोडका व्यापारीहरुले गरे प्रदर्शन {भिडियोसहित}

डिसी नेपाल
१० माघ २०८० १४:२१

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी पार्किङ निषेध गरेपछि काठमाडौं न्युरोड क्षेत्रका व्यापारीले बुधबार पनि प्रदर्शन गरेका छन् ।

काठमाडौंको न्युरोड, महाबौद्ध, खिचापोखरीलगायत क्षेत्रमा सवारी पार्किङ निषेध गरेको भन्दै व्यापारीहरुले सटर बन्द गरि प्रदर्शन गरेका हुन् । उनीहरुले आर्थिक मन्दीले सुस्त रहेको व्यापारमा महानगरपालिकाको निर्णयले थप प्रभाव पर्ने बताएका छन् ।

व्यापारीहरुले न्युरोड, महाबौद्ध, खिचापोखरीलगायत क्षेत्रमा बिकल्प दिएर मात्रै पार्किङ निषेध गर्न सुझाव दिएका छन् । न्युरोड क्षेत्रमा आउने ग्राहकहरुलाई काठमाडौ टावरमा पार्किङ गरेर आउदा निकै टाढा पर्ने र जसका कारण व्यवसायमा नै असर पर्ने उनीहरुको भनाइ छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले महानगरको निर्णयले व्यवसाय बिग्रने भएकाले पूर्वाधार निर्माण गरेर मात्रै बिकल्प दिनुपर्ने बताए।

त्यस्तै व्यवसायीहरुले व्यापार घाटा र आफुहरुको समस्याको जिम्मा अव महानगरले लिनुपर्ने बताएका थिए । पार्किङ निषेध गर्ने निर्णय महानगरले सच्चाउनुपर्ने उनीहरुको माग छ ।

काठमाडौं महानगरले न्युरोड, महाबौद्ध, खिचापोखरीलगायत क्षेत्रको कालोपत्रे सडकमा मंगलबारदेखि पार्किङ निषेध गरेको थियो । महानगरले सो क्षेत्रको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइने जनाएको छ ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *