राष्ट्रिय सभा निर्वाचन : सकियो कर्णालीमा मतदान

डिसी नेपाल
११ माघ २०८० १३:११
68
Shares

सुर्खेत। देशभरका सातवटै प्रदेशमा बिहीबार राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान भइरहेको छ। तर, तीन सदस्यका लागि कर्णाली प्रदेशमा भएको मतदान भने सकिसकेको छ। प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको थियो।

कर्णाली प्रदेशमा प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कर्णालीमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु बहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) उम्मेदवार छन् भने एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *