लुम्बिनीमाथि एपीएफ ७ विकेटले विजयी
काठमाडौं। एपीएफ क्लबले जारी पीएम कपमा तेस्रो जित हासिल गरेको छ।
बिहीबार भैरहवामा सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। लुम्बिनी प्रदेशले दिएको १३४ रनको लक्ष्य पछाएको एपीएफले २२.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।
यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले ४१ ओभरमा अल आउट हुँदै १३३ रन बनाएको थियो। यो जितपछि एपीएफको ६ खेलमा ६ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ। त्यस्तै लुम्बिनी प्रदेशले भने चौथो हार बेहोरेको छ । ५ खेलमा २ अंकसहित लुम्बिनी नवौं स्थानमा रहेको छ।
अब एपीएफले अर्को खेल शनिबार मुलपानीमा गण्डकी प्रदेशसँग खेल्ने छ। त्यस्तै लुम्बिनी प्रदेशले शनिबार नै टियु मैदानमा बागमती प्रदेशसँग खेल्ने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment