माओवादी सुदूरपश्चिम संसदीय दलको नेता परिवर्तन, भट्टलाई हटाएर धामीलाई बनाइयो
काठमाडौं। नेकपा(माओवादी केन्द्र)काे सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता परिवर्तन गरिएको छ ।
संसदीय दल नेता रहेका खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई बनाइएको छ । शुक्रबार धनगढीमा बसेको संसदीय दलको बैठकले संसदीय दलको नयाँ नेतामा धामीलाई चयन गरेको हो।
संसदीय दल नेता बनेका प्रदेश सांसद धामी दार्चुलाबाट निर्वाचित भएका हुन् भने निवर्तमान दल नेता भट्ट डडेल्धुराबाट निर्वाचित भएका हुन्।
माओवादीका बहुमत प्रदेश सांसदहरु नेता भट्टको विपक्षमा उत्रिएर उनलाई हटाउनका लागि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापन पत्र समेत दिएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment