विश्वकप क्रिकेट : अफगानिस्तानविरुद्ध नेपालको सुखद सुरुआत

डिसी नेपाल
१२ माघ २०८० १४:२७

काठमाडौं। आईसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ।

दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले दुई ओभरमा दुई विकेट लिएको छ। नेपालका लागि गुल्सन झा र आकाश चन्दले समान एक-एक विकेट लिए ।

नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा गुल्सनले खेलको पहिलो ओभरको चौथो बलमा नुमान शाहलाई आउट गराए। त्यस्तै आकाशले दोस्रो ओभरको तेस्रो बलमा अफगानिस्ताका खालिद तानिवालाई आउट गराए।

नेपाल र अफगानिस्तान यु-१९ विश्वकपमा पहिलो पटक आमने सामने भएका हुन् । प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपाल आजको खेल जित्नैपर्ने दबाब छ। समूह ‘डी’को पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग ६४ रनले र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको पराजित भएको थियो।

अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग एक ८१ रन र दोस्रो खेलमा न्यूजिल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *