शहीद दिवसमा यो वर्ष विदा छैन, अर्को वर्ष विदा
काठमाडौं। सरकारले माघ १६ गते दिने भनेको सार्वजनिक विदा यो वर्षलाई नभएर अर्को वर्षलाई भएको गृह मन्त्रालयले जनाएको छ। यसअघि सरकारले माघ १६ गते शहीद दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
गृहमन्त्रालयका सूचना अधिकारी उपसचिव एकदेव भट्टराईले मंगलबार शहीद दिवसका दिन सार्वजनिक विदा नभएको जानकारी दिए।
उनले ०८१ सालको शहीद दिवसका दिन बिना दिने व्यवस्था मिलाउन मन्त्रिपरिषदले निर्णय गरेको बताए। पर्सि मंगलबार सार्वजनिक विदा नदिइएको उनले स्पष्ट पारे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment