दयाहाङ र आँचल ‘दुखी आत्मा’ मा सँगै

डिसी नेपाल
१५ माघ २०८० १४:०२
148
Shares

काठमाडौ। लेखक, निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुखी आत्मा’ मा हिरोइन को होला? भन्ने कौतुहलता मेटिएको छ। निर्माण ब्यानर क्लक वर्क क्रिएसनले फिल्मको प्रमुख अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्ध गरेको छ।

स्क्रिप्टको मागअनुसार आँचललाई लिइएको निर्देशक लामाले बताएका छन्। अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित् भइसकेको फिल्मको निर्माता हिमाल कडरिया हुन्। निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो।

‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो। यसपछि यही टिमले तेश्रो सहकार्य स्वरुप ‘नाङ्गो गाउँ-२’ निर्माण गर्ने घोषणा गरिसकेको छ।

आगामी चैत्रमा छायांकन गरिने ‘दुखी आत्मा’ को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मका अन्य कलाकार,प्राबिधिक चयन कार्य केही समयमा गरिने जानकारी निर्माता हिमालले दिएका छन् । काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको फिल्मको बितरण आरआर फिल्मस्ले गर्नेछ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *