नेपालीलाई विदेशी फौजमा भर्ती हुन रोकौं : वामदेव गौतम
काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपाली युवालाई विदेशी सेनामा भर्ती हुन रोक्नुपर्ने बताएका छन्।
सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले उच्च तलबमान हुने अन्य काममा पठाए पनि फौजमा भर्ती हुन पठाउन नहुने बताए। २०/३० हजार नेपाली पाउने गरी नभइ कम्तीमा एक लाख मासिक पाउने ठाउँमा नेपाली युवालाई पठाउनुपर्ने उनको प्रस्ताव छ।
हाल नेपालीहरू बेलायती र भारतीय सेनामा भर्ना हुने गरेका छन्। अर्को विश्वयुद्ध हुँदा पनि नेपालीहरु प्रयोग हुन सक्ने खतरा रहेको नेता गौतमले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment