सोमबार देशभरका फिल्म हल बन्द हुने
काठमाडौं। यही माघ २२ गते सोमबार देशभरका फिल्म हल बन्द हुने भएका छन्। सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो।
मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।
‘मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार माघ २२ गते सम्पूर्ण हल बन्द रहनेछ । साथै दर्शकवृन्दमा पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौ । सबैबाट सहयोगको आशा समेत गर्दछौ ।’,जारी सूचनामा भनिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment