अरुण चौधरीमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनामाथि हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको छ।
जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन्। केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो।
जिल्ला अदालत काठमाडौंले दिएको ४ दिनको म्याद सकिएपछि सोमबार उनलाई पुनः म्याद थप गर्न अदालतमा उपस्थित गराउन लगिएकोमा तीन दिन म्याद थप भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment