कविता : उठ जाग
आलीसान महलका भित्ताहरुमा
सुन्दर चित्रकारका सृजनाले
सजाएका भित्ताहरु हेर्दै
चित्रको परिभाषा खोज्दै
मख्ख परिरहेका जमातहरुसँगै
कतै तिमी पनि आफ्नो
सुकुमार जीवन भित्र
आनन्दित हुँदै गर्दा
सूर्यको प्रकाश र प्रकृतिबाट
बन्चित भएर
तिम्रो स्वाभिमान
तिम्रो अस्तित्व
रोगी भएर थला पर्दा
तिम्रो मात्र होइन
त्यो जमातको
आफू भित्रको
अथाह शक्ति
गुमनाम भएको
हेक्का नगर्दा
सिँढी चड्दै गरेका
उमेरसँगै
खुसामद गर्दै सति जाने
तर्खरमा तयारी नगरुन्।
अब उठ जाग
कर्ममा लाग
उमेर त अंक मात्र हो।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment