एमाले अध्यक्ष ओली आज झापा जाँदै
झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन्।
झापाको झिलझिलेमा रहेको वाटर पार्कमा आयोजित जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्ने र झापा इनर्जीको परियोजना उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन जाने भएका हुन्। झापाको शिवसताक्षी नगरपालिकामा रहेको सो परियोजना उद्घाटन गर्न अध्यक्ष ओली आज साढे १० बजे झापा आइपुग्ने छन्।
नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र- ४ बाट निर्वाचित सांसद एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको लागत ८५ करोड रुपैयाँ रहेको छ। निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको यो परियोजनाले नेपालको विद्युतको मागलाई पुरा गर्न सहयोगी हुने साँवाले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment