आफुहरुको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रीत छः रवि लामिछाने (भिडियोसहित)

डिसी नेपाल
२३ माघ २०८० १५:०२
32
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफुहरुको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रीत रहेको बताएका छन्।

रफत सञ्चार क्लवको १४ औं वार्षिकोत्सवका अवसरमा मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति लामिछानेले देशमा कयौं नेता र दलहरुको जन्म भएपनि आफुहरुको ध्यान भने लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रीत रहेको बताएका हुन्। जुनसुकै परिस्थीति आएपनि मुलुकको लोकतन्त्रको हरण नहोस् भनेर काम अघि बढाउने उनले बताए।

त्यस्तै सभापति लामिछानेले संविधानको रक्षा र परिवर्तनको संस्थागतका साथै सरकारले ल्याउने कानूनहरुलाई ध्यानमा राखेर प्राथमिकताका आधारमा रास्वपाले सदनमा जिम्मेवार भएर भूमिका निर्वाह गर्ने धारणा राखे।

उनले आफ्ना बारेमा उठेका बिभिन्न प्रश्नहरुको सामना गर्न आफु तयार रहेको र आफुप्रतिको आरोप र लान्छानाप्रति आक्रोशित नभएको बरु यसले आफुलाई प्रष्ट पार्ने मौका पाएको जिकिर गरे । राजनीतिको सेवा र पत्रकारिताको सेवा एकैपटक सम्भव नहुने भन्दै पत्रकारितालाई राजनीतिबाट पर राख्न उनले सुझाव दिए।

कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार एवं पत्रकार महासंघका पूर्व उपाध्यक्ष दिलिप कुमार थापा मगर, पत्रकार शिव कुमार भट्टराई लगायतलाई सम्मान गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *