अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जनसहित पारित (भिडियोसहित)

डिसी नेपाल
२३ माघ २०८० १५:२८
16
Shares

काठमाडौं। अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति बैठकबाट अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन सहित पारित भएको हो ।

राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएर सुझाव सहित प्रतिनिधि सभामा पेश भएको उक्त विधेयकमा आएको सुझावहरुलाई समेत समेटेर परिमार्जन सहित पारित भएको सभापति रामहरि खतिवडाले जानकारी दिए।

सरकारले मुलुकको विकास नीति तथा योजनाको अनुगमन तथा मूल्यांकनलाई गुणस्तरीय, व्यवस्थित, र प्रभावकारी बनाउन चारबर्ष अघि उक्त विधेयक ल्याएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *