उद्यमशिलताको विकास गरि विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्छ : ओली
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश भित्रै उद्यमशिलताको विकास गरि विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्ने बताएका छन् ।
झापाको शिवसताक्षी नगरपालिका वडा नं.–४ स्थीत बुलुचोकमा झापा इनर्जी लिमिटेडद्वारा पवद्र्धित १० मेगावाट क्षमताको ग्रीडमा जडित र्सौय विद्युत्त परियोजनाको समुद्घाटन गर्दै ओलीले युवाहरुलाई स्वदेशमा परिचालन गर्ने गरि उद्यमशिलताको विकास गर्नुपर्ने बताएका हुन् । अध्यक्ष ओलीले देश विकास गर्न कृषिमा विज्ञान र प्रविधीको प्रयोग जरुरी रहेको भन्दै उर्जाको प्रयोग गरेर कृषिमा आधुनिकिकरण गर्न सकिने बताए ।
निजी क्षेत्रको सबैभन्दा ठुलो मध्ये एक यस सौर्यउर्जा परियोजना बाट उत्पादित १० मेगावाट विद्युत्त माघ ९ गते देखिनै नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ । र्सौयउर्जा परियोजनाकालागी झापा इनर्जी ली. ले २१ बिगाह १३ कट्ठा जमिन खरिद गरि ८५ करोडको लागतमा उच्च प्रविधियुक्त सोलार प्यानल जडान तथा आवश्यक भौतिक संरचना निर्माण गरेको हो । सौर्य आयोजना निर्माणकालागी संस्थापक पूंजी २५.१० करोड र बैंक कर्जा रु ५९.९० करोड वित्तिय स्रोत व्यवस्थापन गरिएको छ । उक्त सोलार प्यानल बाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत्त उत्पादन हुने र जसबाट १२ करोड ८५ लाख बार्षिक आम्दानी हुने झापा इनर्जी लिमिटेडले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment