विगेसो आन्दोलन: सर्बोच्चको आदेश कार्यान्वन गराउन माग (भिडियोसहित)

डिसी नेपाल
२४ माघ २०८० १४:०३

काठमाडौं। ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरुले सर्बोच्चको आदेश कार्यान्वन गराउन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज्‌ विभागले सर्वोच्चले आफुहरुको पक्षमा गरेको ऐतिहासिक फैसला गरेपनि कार्यान्वयन नगरेको भन्दै काठमाडौंको शान्तिबाटीका रत्नपार्क क्षेत्रमा विरोध र्याली सहित प्रदर्शन गरेको हो ।

सरकारले अदालतको आदेश कार्यान्वयन गर्न आनकानी गरेकाले अदालतले फैसला गरेको ठिक १ वर्ष पुगेका अवसरमा उनीहरुले प्रदर्शन गरेका हुन् । गोर्खाहरुले अरुको तुलनामा जोखिमयुक्त कार्य गर्ने तर समान तलव, सेवा, सुविधा, पेन्सन, नदिने र राज्यले भाडाका सेना बनाउने भएकाले त्यसको खारेजीको लडाइँ लडेको ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरुले जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरुले अन्तराष्ट्रिय मानवअधिकारको कदर गर, सर्वोच्चको फैसला कार्यान्वयन गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सम्झौता खारेज गर्न सर्वोच्च अदालतले गत वर्षको माघ २४ गते आदेश दिएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *