राज्यको सम्पति दोहन गर्नेलाई राजनीतिक संरक्षण मिलेको छ : रवि लामिछाने (भिडियो)

डिसी नेपाल
२४ माघ २०८० १४:२९
72
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको सम्पती दोहन गर्नेलाई राजनीतिक संरक्षण मिलेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले नागरिकता किर्ते, सरकारी जग्गा कव्जा, भ्रष्टाचार गर्नेहरुलाई राजनीतिक संरक्षण मिलेको र कारवाही हुन नसकेको बताएका हुन्।

उनले आफ्नो पार्टीले अनियमिता गर्नेलाई ७२ घण्टाभित्र कारबाही गरेको भन्दै आफ्नो दलमा रहेका दोहनकारीलाई कारवाही गर्न कसले रोक्यो भन्दै प्रश्न गरे ।

लामिछानले अधिकार निकाय प्राप्त संस्थाले बयानका लागि नवोलाउने नेताका दलहरुले सदनबाट सुशासन र छेडखानीको कुरा गर्न नसुहाउने धारणा राखे।

सदनलाई उत्तरदायिका साथ प्रभावकारी बनाउन रास्वपाले प्रभावकारी भूमिका निर्वाह गर्न भन्दै उहाले संसदले क्यालेन्डर बनाएको प्रति आभार व्यक्त गरे। उनले सहकारी क्षेत्रमा देखिएको बिकृति अन्त्यका साथै समस्या समाधानको प्रतिवेदन रास्वापाले तयार रहेको र आवश्यक परे सरकारले रास्वपाको सहयोग लिन सक्ने उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *