सूचना प्रविधि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको छ : सञ्चारमन्त्री शर्मा {भिडियोसहित}

डिसी नेपाल
२५ माघ २०८० १५:१४

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छिन्।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले आयोजना गरेको सूचना तथा प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने भन्दै यस क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएकी हुन्।

उनले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक सुधारमा लागेको र राष्ट्रिय साइबर सुरक्षा नीति जारी गरि कार्यान्वयनमा समेत ल्याइसकेको जानकारी दिएकी छिन्।

सरकारको मुख्य कार्यभार सुशासन, सामाजिक न्याय र समृद्धिमा सूचना तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उनले बताइन्। मन्त्री शर्माले सूचना प्रविधिको विकासमार्फत सेवा विकास गर्न सकिने र यसबाट रोजगारी सिर्जना गर्दै बढ्दो विदेश पलायनलाई पनि रोक्न सकिने बताएकी छिन् ।

अबको लगानी सूचना प्रविधि क्षेत्रमा हुनुपर्ने र सूचना प्रविधिको क्षेत्रको विकासबाट मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सकिने उनको भनाइ छ ।

माघ २९ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा चल्ने मेलामा दुईसय भन्दा बढी स्टल रहेका छन् । मेला अवलोकनाका लागि सर्वसाधारणका लागि रु.१०० र विद्यार्थीका लागि रू.५० रुपैयाँ शुल्क तोकिएको छ भने मेलाको झण्डै तीन लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने आयोजकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *