लघु कथा:चुनाव

कृष्ण बोहरा
२७ माघ २०८० ६:५९

ठूली कान्छी कराउँदै आई, ” हाम्रा मामाले जित्नुभो अरे!” हर्के जेठाले सोध्यो, के जितेछन्? उ उत्तर दिन्छे, ” चुनाव। “यो बीचमा केको चुनाव भएछ फेरि “हर्केले अलमलिँदै सोध्छ?

“त्यो के.. रा,सभा भन्नेको चुनाव क्या।”

” हामीलाई त भोट हाल्न न नी वोलाएनन्? ” हर्केले सोध्छ। ठूलीकान्छी उत्तर दिन्छे, त्यो ” हामीले भोट दिने चुनाव हैन। माथि माथिकाले दिने चुनाव हो क्या! ”
” हर्केले भन्छ, ” त्यो त अस्तिको पाली हारेको हैन र भन्या? ” हो नि, मामाले चुनाव हारेको हो। ” ठूली कान्छी सहमति जनाउँछे।

हर्केले हास्दै भन्यो, ” त्यरो बाठो मामाले हामी तलकाले भोट दिँदा हारेकाले माथि, माथि बाटै कुरो मिलाएछ। ” अब चाहिँ राजधानीमा एउटा महल ठड्याउने भो!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *