अमेरिका पठाउने भन्दै भारतीय नागरिकलाई काठमाडौंमा बन्धक बनाउने नौ जना सार्वजनिक

डिसी नेपाल
३ फागुन २०८० २२:०४
92
Shares

काठमाडौं। अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौंमा ल्याएर बन्धक बनाएको आरोपमा पक्राउ परेका नौ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

पक्राउ परेका भारतीय नागरिक ५४ वर्षीय अब्दुल रहिम, ३० वर्षीय रवि मिवदे, ४२ वर्षीय चरणजित सिंह, ४७ वर्षीय मनिषकुमार मल्होत्रा, अशोक कुमार, ५१ वर्षीय निपुन गुप्ता, ५८ वर्षीय इन्दुसिंह यादव, ४८ वर्षीय रामचन्द्र शर्मा र नेपाली नागरिक २५ वर्षीय लक्ष्मण गिरीलाई सार्वजनिक गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीका अनुसार नौ जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो।

आरोपितले बन्धक बनाएका ११ जनालाई काठमाडौं महानगरपालिका–९ रातोपुलबाट उद्धार गरिएको हो। नेपाली नागरिक गिरीले आरोपितका कागजात फोटोकपि लगायतका काम गरिदिने गरेको खुलेको छ। उनीहरुविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। अमेरिका पठाउन एक जनाको ४० लाखदेखि ४५ लाख भारतीय रुपैयाँ लाग्ने भन्दै उनीहरुले घरबाट पैसा मगाउन लगाएको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

प्रहरीले उद्धार गरेका भारतीय नागरिकमा गुरुनिन्दर सिंह, सुवास कुँवर, भुपेन्द्र सिंह, प्रतिक, मानबिर सिंह, जग्दीप सिंह, गुरप्रित सिंह, कुलदीप सिंह, राकेश कुमार, आशिस कुमार र गुरप्रित सिंह रहेका प्रहरी नायब उपरीक्षक खतिवडाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *