‘लन्डन टु पेरिस’ सिनेमाको छायांकन सकियो

डिसी नेपाल
४ फागुन २०८० १३:३८
60
Shares

काठमाडाैं। घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ सिनेमाको छायांकन सकिएको छ।

कोरोना लगत्तै दोश्रो चरणको छायांकन सकेको सिनेमाको प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो। बाँकी छायांकन सकिएसँगै धमाधम मुम्बईमा सम्पादनको काम चलिरहेको जानकारी निर्देशक घनश्याम लामिछानेले दिएका छन्।

निर्देशक लामिछानेले दिएको जानकारी अनुसार एउटा गीतको आधा जति र केही दृश्य बाँकी रहेको थियो। आफ्नो छायाँकन सकेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यू अभिनेता निश्चल खड्का नेपाल फर्किसकेका छन्। सिनेमाको अन्तिम संपादन सकिएपछि रिलिज डेट घोषणा गर्ने तयारी रहेको छ।

‘एक वर्षपछि सम्पूर्ण छायाँकन ढिलै गरी राम्रै भएकाले म पनि खुशी छु। कहिलेकाँहि सिनेमा ढिला हुँदा सिनेमा रोकिने नबन्ने गरेकोमा ढिला नै भएपनि हामीले सिनेमा पूरा गर्न सक्यौं। यसमा म खुशी छु’, लामिछानेले भने। छिट्टै नै एउटा रोमान्टिक सिनेमाले दर्शकको मन जित्नेमा आशावादी भएको उनको भनाइ छ।

यसैगरी सिनेमाको पहिला खिचेको भागको डबिङ र कलर समेत भैसकेको छ भने मिक्सिङ तथा भिएफएक्सको काम अहिले खिचेको दृश्यहरुको डबिङ सकिएपछि हुनेछ। गरिमा शर्मा र कबीर खड्काको पनि मुख्य भुमिका रहेको ट्राभल लभस्टोरीको कथामा निर्माण हुन लागेको सिनेमाको सम्पूर्ण छायांकन बेलायतमा गरिएको छ। निश्चल र गरिमा यही सिनेमाबाट डेब्यू गर्दैछन्।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमाको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह-निर्मातामा अजित सिंह छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *