कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिने !

डिसी नेपाल
५ फागुन २०८० ७:४६

सुर्खेत। कर्णालीमा सत्तारुढ दलहरूबिच खठपट सुरु भएको छ। बिहीबार साँझ पूर्व मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सामाजिक सञ्जालमा एक कर्णालीमा अराजकता पैदा भएको कुरा सामाजिक सञ्जालमा लेखेसँगै सरकारबिच खटपट सुरु भएको बुझिएको छ।

साथै उनले कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त भएको पनि उल्लेख गरेका छन्। साथै उनले सोही बमोजिम कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले व्यवस्था गर्दा उपयुक्त हुने पनि बताएका छन् । शाहीको उक्त भनाइसँगै कर्णाली सरकारमा हलचल हुने सङ्केत देखिएको छ।

कांग्रेस कर्णालीको प्रमुख सत्ता साझेदार दल हो। कांग्रेसले अर्थ, सामाजिक र उद्योग गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ।

यसअघि शाहीले मुख्यमन्त्री राजकुमार शर्मा र अर्थमन्त्री बेदराज सिंहलाई आफ्नै निवासमा बोलाई सरकारको कामकारबाही सही ढङ्गले अघि नबढेको र कार्यशैली नसुध्रिए सोच्न बाध्य हुने चेतावनी समेत दिएका थिए ।

सत्तारुढ गठबन्दनको भावना बिपरित मुख्यमन्त्री राजकुमार शर्माले कार्यसंचालन गरेको भन्दै यो पहिलो पटकको चेतवानी रहेको नेपाली कांग्रेस कर्णाली प्रदेश समीतिका पार्टी प्रवक्ता दमनबहादुर शाहीले बताए ।

सत्तारुढ गठबन्दन भित्र जे सहमती भएका छन् ति सहमती लत्याएर मनपरी ढंगले कार्यसंचालन भएको छ । यो त चेतवानी मात्र हो । अझैपनी यस्ता किसिमका जनहित बिपरीत गतिविधी भइरहेमा सरकारवार बाहिरीने समेत शाहीले बताए ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *