कविता : होस् के हो? बेहोस के हो?
बेहोसी आजकल आदत बनिसक्यो
होसमा म त आउनै छोडिसकेँ
बेहोसमै जीवन मदमस्त भैरहेछ
होस के हो, बेहोस के हो??
जता हेर्छु उता बेहोसीपन देख्छु
कोही होसमा भएझैं देखिँदैनन्
सब मस्त छन बेहोस महोत्सवमा
होस के हो, बेहोस के हो??
बेहोसीमा जीवित हुनुहुन्छ
आनन्दित रस स्वादमा फेरि
पुलुकित हुँदा किंन्चित होस
आफैलाई पटके जस्तै भैसक्यौ
होस के हो, बेहोस के हो?
होसमाआउन छोडिसकेँ
बेहोसीमा बानि बनिसक्यो
पीडाहरू साथि भैसके
दु:खहरू आदत बनिसक्यो
होस के हो, बेहोस के हो?
कहिले काहीं होसमा भएझैं
बेहोसीमा राग बरबराँउछु
सुर बेसुरको तालमा आफ्नै
कथा ब्यथाहरू सुनाँउछु
बेहोसीमै मदमस्त छु म
होस के हो? बेहोस के हो?
ताल न सुरका ब्यथाहरू
घरि घरि अडकिरहन्छन्
दिनमा नै अन्धकार देख्छु
सबका सबलाई बेहोस देख्छु
होसमा भएझैं नाटक गरिरहेछन
होस के हो? बेहोस के हो?
सत्य असत्यको ब्याख्यामा
बहुलवादको भिन्नता भित्र
अनेकौं अपब्याख्यालाई
सत्य हो भनि कुर्लने अन्धाहरू
आफैंले आफ्नै चिताको दुर्घन्धमा
अट्टाहाँस हासो होसमै बरबराँउछन्
अनि होस के हो? बेहोस के हो?
No ads found for this position




Facebook Comment