२४ वर्षमा १७ पटक ‘गर्भवती’, पक्राउ पछि बाहिरियो अचम्मको कथा

डिसी नेपाल
९ फागुन २०८० ९:३७

रोम । इटालीमा गर्भवती भएको नाटक गर्दा एक महिलालाई महँगो साबित भएको छ ।

ती महिलाले २४ वर्षभित्र १७ पटकसम्म गर्भवती भएको नाटक गरेको खुलेपछि उनी पक्राउ परेकी छिन् । हाल उनी इटलीको जेलमा दिन बिताइरहेकी छिन् ।

समाचार अनुसार कार्यालयको कामबाट बिदा लिन र सरकारबाट सुत्केरी भत्ता लिन महिलाले आफ्ना ५ सन्तान रहेको र १२ वटा गर्भपतन गराएको बताएकी थिइन् ।

ती महिलाको नाम बारबरा हो, जो अहिले ५० वर्षकी भएकी छिन् । यस मामलामा यो भनिएको छ कि उनको गर्भावस्थाका बच्चाहरु मध्ये कुनै पनि सरकारी अभिलेखमा दर्ता गरिएको छैन, न त कुनै अधिकारीले देखेका नै छन् ।

समाचार अनुसार ती महिलाको पार्टनर, डेभिड पिज्जिनाटो, ५५ ले पुलिसलाई स्वीकार गरे कि उनलाई थाहा थियो कि उनी गर्भवती छैनन भन्ने तर उनले झुटो कुरा बोलिरहे ।

स्थानीय आउटलेट क्लारिनमा उल्लेख भएको समाचार अनुसार न्यायाधीशहरूले डेभिड पिज्जिनाटो अर्थात उनका सहयोगीलाइ निकै ध्यानमा राखेका थिए । अन्ततः उनीहरूले सजायमा यो लेखे कि ती महिलाले सार्वजनिक निकायलाई हानि पुर्‍याउने धोखाधडीको अपराध गरेकी छिन् ।

पिज्जिनाटोले हल्का सजायको बदलामा महिला विरुद्ध उजुरी दिएका थिए र ठगीमा उनको सहयोगीको रूपमा अभियोग लगाइएको छ । उता, महिला भने पाँच सन्तान जन्माएको र धेरै नै पटक गर्भपतन गराएको कुरामा अडिग रहेकी थिइन ।

यद्दपी, स्थानिय पत्रिका ला रिपब्लिकाका अनुसार क्लेरिनको रिपोर्टलाइ आधार मानेर ती महिलालाई ठगीको आरोप लगाइएको छ र उनले अब १ वर्ष ८ महिनाको जेल सजाय भोग्नु पर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *