रिया लामाले जितिन् मिस तामाङ २०२४ को ताज

डिसी नेपाल
१३ फागुन २०८० ११:५०

काठमाडौं। मिस तामाङ २०२४ को उपाधि रिया लामाले जितेकी छन्। शनिबार काठमाडौं स्थित राष्ट्रिय सभागृहमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन्।

अघिल्लो वर्षकी मिस तामाङ विजेता पासाङ याङ्जी तामाङले उनलाई ताज लगाइदिएकी थिइन्। उनी मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना गरिएको मिस तामाङको १६ औँ संस्करण अर्थात मिस तामाङ २०२४ को विजेता भएकी हुन्।

तामाङ कला, संस्कृति, भेषभूषा, र भाषाको संरक्षण गर्ने मूल उदेश्यका साथ आयोजना गरिएको १६ औं संस्करण मिस तामाङ-२०२४ को आयोजक संस्था मम्स ईन्टरनेशनलका अध्यक्ष नायीका रन्जिता ब्लोनले उक्त कार्यक्रमको अध्यक्षता गरेकी छन्। ब्लोनले लामो समय देखि मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएकी छन्।

२६ जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालिमा रहेपनि शनिबार सम्पन्न उक्त कार्यक्रममा २५ जनाले मात्रै आफ्न विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए। ग्राण्ड फिनालिको पहिलो चरणबाट टप १४ छनौट भएका थिए भने दोस्रो चरणमा टप ७ प्रतिस्पर्धी छनौट गरेका थिए । ति सबै चरणहरु पार गर्दै अन्तःत कन्टेस्टेण्ड नम्बर १३ कि रिया लामा मिस तामाङ २०२४ को विजेता भएकी हुन् । प्रतियोगिताको फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा रहेका छन्।

मिस तामाङ २०२४ प्रतियोगिताको निर्णायक मण्डलमा गायक प्रदिप बम्जन‚ तामाङ चलचित्र संघ नेपालका अध्यक्ष एवम् नायक कुमार मोक्तान, पूर्व मिस तामाङ सुमी मोक्तान, सञ्चारकर्मी गंगा घिसिङ रहेका थिए।

शनिवार राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालीबाट विजेता बनेकी रिया लामाले नगद रु. १ लाख, उप-विजेता स्मृति योन्जनले ५० हजार, सेकेन्ड रनर अफ अमृता लामा तामाङले रु. ३० हजार रुपैयाँको पुरस्कार सहित क्राउन र अन्य गिफ्ट ह्याम्पर पाएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *