श्रीमानले मम नखुवाएको भन्दै प्रहरीमा उजुरी

डिसी नेपाल
१४ फागुन २०८० १२:४८

काठमाडौं । हरेक घरमा कहिलेकाहीँ कुनै न कुनै विषयमा श्रीमान्–श्रीमतीबीच झगडा हुन्छ तर आगराका एक जोडीबीचको झगडाको कारण थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । श्रीमान श्रीमतीबीच झगडाको कारण हो – मम ।

वास्तवमा आगराकी एक महिलाले आफ्ना श्रीमानलाई बजारबाट मम ल्याउन भनेकी थिइन् । श्रीमानले मम नल्याएपछि दम्पतीबीच झगडा भयो र घटना प्रहरीसम्म पुग्यो ।

मिडिया रिपोर्टका अनुसार श्रीमतीले प्रहरीलाई फोन गरेर मम नल्याएको भन्दै श्रीमानविरुद्ध उजुरी गरिन् । उजुरी पाएपछि प्रहरीले घटनालाई पारिवारिक परामर्श केन्द्रमा पठायो । त्यसपछि परिवार परामर्श केन्द्रका अधिकारीहरूले श्रीमान्–श्रीमतीबीचको विवाद सुल्झाउन दुवैलाई प्रहरी चौकीमा बोलाए ।

पारिवारिक परामर्श केन्द्रमा परामर्श गरेपछि श्रीमान्–श्रीमतीबीच सम्झौता भएको छ । यो सम्झौता अन्तर्गत श्रीमानले आफ्नी श्रीमतीलाई हप्तामा दुई पटक मम खुवाउने वाचा गरेपछि दुईबीचको झगडा समाप्त भयो । ती युवतीले केही दिनअघि युवकसँग विवाह गरेकी थिइन् ।

गत महिना मात्रै पनि भारतको राजधानी दिल्लीमा ममलाई लिएर ठूलो झगडा भएको थियो। मम खाइरहेका एक युवकले थप चटनी मागेपछि पसलेले छुरा प्रहार गरेका थिए । छुरा प्रहार गरी अभियुक्त फरार भएका थिए ।

यो घटना दिल्लीको शाहदरा क्षेत्रमा भएको हो । मम खाइरहेका सन्दीप नामका व्यक्तिले पसले विकाससँग थप चटनी मागेका थिए । यही विषयमा ग्राहकले पसलेसँग झगडा गर्न थाले ।

केही बेरमै झगडा यतिसम्म बढ्यो कि आक्रोशित पसलेले ग्राहकलाई छुरा हाने । यसपछि पसले घटनास्थलबाट भागेका थिए । त्यसपछि घटनास्थलमा उपस्थित मानिसहरूले घाइते युवकलाई नजिकैको अस्पतालमा भर्ना गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *