हीरको शाहीको प्रेममा दिनेश बिष्ट (भिडियो)

डिसी नेपाल
१५ फागुन २०८० १०:५४
12
Shares

काठमाडौं। लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रताप दास स्वरवद्ध नयाँ गीति भिडियो ‘बादल भित्र’ सार्वजनिक भएको छ। सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले रोमान्टिक प्रेमको कथा बोल्छ।

बिष्णु भण्डारीको शब्द रचना रहेको गीतमा पछिल्लो पुस्ताका लोकप्रिय संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन्। एरेञ्जको काम कुशल सिंहको छ भने मिक्सिङ तथा मास्टरिङ नरेश विविसीले गरेका छन्।

मोडलद्वय दिनेश बिष्ट हीर शाहीको जीवन्त अभिनय भिडियोमा देख्न सकिन्छ। विक्रम चौहानले निर्देशन गरेको भिडियोमा पोखरा ढोर पाटन बाग्लुङ लगायत आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ।

छायांकन प्रकाश खड्काको रहँदा मेकअपमा कविता टोलङ्गी र अस्मिता शाही छिन्। सम्पादन र कलरमा क्रमशः लक्ष्मण चौहान र मिलान विश्वकर्माले गरेका छन्।

‘मायाको खेलाइमा, हाँसाहाँसी, राजरानी’ जस्ता लोकप्रिय गीतहरूमा अभिनय गर्दै दर्शकहरूको मन जितेका मोडल बिष्ट एक पछि अर्को गीतमा पनि फिट देखिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *