गुगल म्यापको भर पर्दा दुइ सातासम्म जंगलको बास, गुगलले माफी माग्यो

डिसी नेपाल
१७ फागुन २०८० ८:२४

काठमाडौं। मानिसहरू आफ्नो गन्तव्यमा पुग्न र ट्राफिक स्थिति जान्न गुगल नक्सा प्रयोग गर्छन् तर गुगल म्याप्सले दुई जर्मन पर्यटकको ज्यान बालाबाल बचेको छ । गुगल नक्साको भर पर्दा दुवै जना एक साता जङ्गलमा फसेको समाचार बाहिरिएको छ ।

वास्तवमा दुई जर्मन पर्यटक फिलिप मायर र मार्सेल सिओन अष्ट्रेलिया पुगेका थिए। यहाँ दुवैले एक ठाउँबाट अर्को सहर जानका लागि गुगल म्याप प्रयोग गरेका थिए । केही टाढा गए पछि उनीहरुको गाडी जंगलमा हिलोमा फस्न पुग्यो ।

सुरुमा दुवैले अस्थायी आश्रय बनाउने प्रयास गरे तर यो योजना सफल हुन नसकेपछि दुवैले त्यहाँबाट पैदलै हिँड्नु नै उचित ठाने ।

फिलिप र मार्सेलले भने, ‘हामीले यो यात्रामा जानु अघि गुगल म्याप प्रयोग गर्ने निर्णय गर्यौं किनकी हामीले महसुस गर्यौं कि गुगललाई हामी भन्दा बढी रुटहरू थाहा छ तर गुगल म्यापको भर पर्दा यो यात्रा दुःस्वप्न जस्तै बन्न पुग्यो ।’

जंगलबाट बाहिर निस्कन पैदलै खोला पार गर्नु पर्ने गुगल म्यापले बतायो । यति मात्र होइन, यसै क्रममा उनले एउटा गोहीको पनि सामाना गर्नु परेको थियो । यो घटनाको उजुर गरे पछि गुगलले गल्ती भएको स्वीकार गर्दै फिलिप र मार्सेलसँग माफी मागेको अन्तराष्ट्र्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसपछि गुगलले एक विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गर्दै यो सडक गुगल नक्साबाट हटाइएको जनाएको छ । यद्दपी, गुगलले फिलिप र मार्सेल सुरक्षित रहेकोमा राहत महशुश गरेको उसले जनाएको छ ।

यो घटनापछि नेभिगेसन एपहरू फेरि प्रश्नको घेरामा परेका छन् । यस्ता घटना यसअघि पनि भएका छन्, जब नेभिगेसन एपहरूले गलत गन्तव्यमा मानिसहरूलाइ पुर्‍याउने काम गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *