साफ यु–१६ महिला फुटबल प्रतियोगीता शुक्रबारबाट काठमाडौंमा हुँदै {भिडियो}

डिसी नेपाल
१७ फागुन २०८० १५:१९

काठमाडौं। साफ यु–१६ को महिला फुटबल प्रतियोगीता शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ।

एक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार नेपालमा हुन लागेको प्रतियोगीतामा नेपाल सहित भारत, भुटान र वंगलादेशले सहभागीता जनाउने छन्।

खेलमा उत्कृष्ट प्रदर्शन गर्ने चारवटै देशका कप्तान र प्रशिक्षकहरुले विश्वास लिएका छन् । खेल अघि बिहीबार ललितपुरस्थीत एन्फा कम्प्लेक्समा आयोजित प्रि म्याच कन्फ्रेन्समा नेपाली यु–१६ महिला टोलीका प्रशिक्षक चक्र तामाङले एक महिनादेखि लगातार तयारी गरिरहेको बताए ।

एक महिनाको अवधिमा खेलाडीहरुले राम्रो गरेको उनको भनाइ छ । उनले अहिले नेपालका खेलाडीहरु बलियो अवस्थामा रहेको र होम ग्राउण्डमा खेल्ने भएकाले त्यसको फाइदा उठाउने बताए ।


त्यस्तै अन्य देशका शका कप्तान र प्रशिक्षकहरुले पनि राम्रो तयारी भएको र राम्रो नजिता आउने बताएका छन् । नेपालले आफ्नो पहिलो खेल फागुन १९ गते बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल फागुन २१ गते भुटानसँग खेल्ने छ ।

लिगचरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ । शीर्ष दुई टोलीले उपाधीका लागि प्रतिष्पर्धा गर्ने एन्फाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *