कविता : शक्ति त कलममा

गीता ढकाल सुवेदी
१९ फागुन २०८० ८:०५

शक्तिको डम्फू बजाएर
समयलाई उफारेर
जीतको कुण्डमा
डुबुल्की मार्दाको खुसी
केही कालखण्डमा
समय त उल्टो फर्किएछ
त्यो बेला न थियो खुशी
न त्यो जीतको कुण्ड
त्यहाँ त अत्याचार विरुद्ध
नारा जूलूसको थियो झुन्ड झुन्ड ।

शक्ति त कलममा ,बिचारमा ,
विवेकमा ,संमयममा ,व्यबहारमा भए त्यस्ले
समयलाई फुलाउछ फक्राउछ
प्रत्येक बस्ती र समुदायमा
बिकास ,समृद्धि , अपनत्वो
जगाई नेपाल र नेपाली भन्ने
भाव स्वत: जगाउछ
प्रणाली आफ्से आफ बस्तछ।

भनिन्छ नि पाप धुरिबाट कराउछ
जस्तो आफू उस्तैलाई मन पराउछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *