काठमाडौं महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन {भिडियो}

डिसी नेपाल
१८ फागुन २०८० १४:५९

काठमाडौं। महानगरभित्र कवाडी व्यवसाय सञ्चालन गर्न नदिने काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन भएको छ।

काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रप्रति विरोध जनाउदै कवाडी व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले अनाधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, कानूनी शासन लागू गर, हाम्रो व्यवसायमाथिको हस्तक्षेप बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले महानगरले आफुहरुमाथि ज्यादती गरेको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

आफूहरुले प्रचलित कानूनबमोजिम दर्ता गरेर सरकारलाई तिर्नुपर्ने करसमेत तिर्दै आएको र कानुनबमोजिम दर्ता गरेर व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय संचालन गर्न दिनुपर्ने उनीहरुको माग छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *