विद्यालय गएका निकेश बराल बेपत्ता

डिसी नेपाल
२० फागुन २०८० ९:२८

चितवन । चितवनमा विद्यालयबाट घर फर्किने क्रममा एक बालक बेपत्ता भएका छन्।  ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय निकेश बराल दिउँसोबाट बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका निकेश पोखरा घर भई चितवनको गीतानगरमा ठुलो बुवाको घरमा बसेर अध्ययन गर्दै आएका थिए ।

म्याजिक चढेर विद्यालय गएका निकेश दिउँसो साढे १ बजेतिरबाट बेपत्ता भएका हुन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । अन्य दिन भने उनी विद्यालयकै भ्यानमा आउने जाने गर्दथे ।

उनी पढेर स्कुलको गेटबाट बाहिर निस्किएको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ। ती बालक अन्य दिन विद्यालयकै बसमा विद्यालय आउने–जाने गरे पनि आज शनिवार भएकाले म्याजिक भ्यान चढेर विद्यालय आएका गएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *