अञ्जु पन्त र गायक प्रविण बेडवालको गीत ‘बढ्दै छ’ को भिडियो सार्वजनिक

डिसी नेपाल
२० फागुन २०८० ९:४५

काठमाडौं। गायिका अञ्जु पन्त र गायक प्रविण बेडवालको स्वरमा रहेको गीत ‘बढ्दै छ’को भिडियो सार्वजनिक भएको छ। गीतमा अर्जुन पोखरेलको शब्द र संगीत तथा कुशल सिंह निलको एरेन्ज र नरेश बीबीसीको मिक्सिङ तथा मास्टरिङ छ।

टाढा भएको प्रेमीप्रेमिकाको भावना प्रकट गरिएको गीतको भिडियोमा लेन र पवित्रा सकी ‘मिस पबी’ फिचर्ड छन्। भिडियोमा लेन र मिस पबीलाई रोमान्टिक भावमा देखाइएको छ । गीतको अडियो र भिडियो पक्ष बलियो छ।

माधव शर्माको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, विकास दाहालको सम्पादन, विमला तामाङको मेकअप, दीपेन गौतम ‘माइकल’को प्रोडक्सन डिजाइन र लोमस पौडेल प्रोडक्सन मेनेजर छन्।

द डिभाइन म्यूजिकबाट सार्वजनिक भिडियोका निर्माता प्रकाश घिसिङ हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *