गीत : के चाहिन्छ त्यस्तो ?

सुरेश राई
२६ फागुन २०८० १३:४५

दसौं वर्ष चाहेर जस्लाई आफ्नो बनाउन सकिन्न
दसै दिनमा कोही उस्लाई उस्को बनाई लैजान्छ
कोही बताइदेऊ कोही बुझाइदेऊ
के चाहिन्छ त्यस्तो
जस्ले गर्दा मान्छे त्यसरी पलमै कसैको हुन्छ

रुप हो कि, गुण हो कि, कला हो या के हो
धन हो कि ,मन हो कि, उमेर हो या सब हो
सयौं बिन्ती हारेर जस्लाई आफ्नो बनाउन सकिन्न
एक प्रस्तावले कोही उसलाई उस्को बनाइ लैजान्छ
कोही बताइदेऊ कोही बुझाइदेऊ
के चाहिन्छ त्यस्तो
जस्ले गर्दा मान्छे त्यसरी पलमै कसैको हुन्छ

भाग्य हो कि , खेल हो कि, जादू हो या के हो
आँटै हो कि , मौकै हो कि ,यौवन हो या सब हो
मुटु सारा दिएर जस्लाई आफ्नो बनाउन सकिन्न
फूलै दिएर कोही उस्लाई उस्को बनाई लैजान्छ
कोही बताइदेऊ कोही बुझाइदेऊ
के चाहिन्छ त्यस्तो
जस्ले गर्दा मान्छे त्यसरी पलमै कसैको हुन्छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *