बिहारमा जन्तिमाथि गोली प्रहार

डिसी नेपाल
२७ फागुन २०८० ९:४५
60
Shares

पटना ।भारत बिहारको बेगूसरायमा छोराको बिहेमा जन्ती ( बारात) निकलने क्रममा युवा युवतीहरुले खुसीयाली मनाउँदै डांस गरिरहेका थिए।

सोही क्रममा खुसीयाली मनाउँदै एकजना युवकले चलाएको गोली लागेर एकजना जन्ती घाईते भएका छन्।

घाईते युवकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाईतेको आफन्तको उजुरीको आधारमा प्रहरीले कार्वाही प्रक्रिया अगाडी बढाएको छ। बेगूसराय प्रहरीले ट्वीट मार्फत घटनाको पुष्टी गरेको छ। बेगूसराय प्रहरीले जति कडाई गरेपनि त्यहाँ विहेवारीमा गोली फायरिङ गर्ने काम रोकिएको छैन।

सनिवार बेगूसराय जिल्ला मटीहानी थानाक्षेत्र अन्तर्गत साफापुर गाउँका ईन्दल यादवको छोराको मुनियप्पा गाउँका बब्लु यादवको छोरीको बिहेको लागी जन्ती निकलिरहेको थियो।

सोही क्रममा एकजना युवकले गोली फायरिङ गर्दा स्थानिय युवक बर्ष २० का सुबोध यादव लाई गोली लागेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *