योगेशकाजी र शान्तिश्रीको स्वरमा ‘फूलमाया कान्छी’

डिसी नेपाल
२८ फागुन २०८० ११:४८
16
Shares

काठमाडौ। एकपछि अर्को श्रोता रुचिको गीतसंगीत सार्वजनिक गर्दै आइरहेका गायक एवं संगीतकार योगेशकाजी शाह र शान्तिश्री परियारको स्वरमा ‘फूलमाया कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

कृष्ण केसीको शब्द, संगीत रहेको गीतमा योगेशकाजी शाहको संगीत संयोजन रहेको छ।

सुरुमा गायन क्षेत्रबाट नै संगीतमा प्रवेश गरेका योगेशकाजीले अहिलेसम्म चार दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका छन् भने दर्जनौं गीतमा संगीत, एरेन्ज र शब्दरचना समेत गरिसकेका छन्।

अहिलेका चल्तिका कलाकार प्रकाश सपुत र सनिसा भट्टराईको मुख्य भूमिका रहेको भिडियो बुध्द थापाले खिचेका हुन भने सुनिल बिकको निर्देशन रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *