‘शिरबन्दी’ गीतको भिडियो सार्वजनिक

डिसी नेपाल
२८ फागुन २०८० १२:२२
116
Shares

इटहरी। गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ। अनिल धिरुलको शब्द तथा देव गुरुङको संगितमा रेकर्ड भएको गितको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो।

भिडियोमा किराँती रितिरिवाज र संस्कृति झल्काउने चरित्र भेषभुषामा मोडलहरुलाई प्रस्तुत गरिएको छ। भिडियोमा परिवारले नस्वीकारेको मायाप्रेम र त्यसपछि भागीविवाह गरेको रोमान्चक कथालाई प्रस्तुत गरिएको छ।

‘शिरबन्दी’ गितलाई राजु कार्किले एरेन्ज गरेका हुन भने जिवन थापा मगरले सम्पादन गरेका हुन्। भिडियोलाई मुहा सिं थापा मगरले छायाँकन गरेका हुन् भने सोम मग्रातीको मेहअप साथै सहनिर्देशन रहेको छ ताराविर पाण्डेले निर्देशन गरेको उक्त भिडियोमा करण धिताल, प्रेमचन्द्र गुरुङ (पी.सी.), विद्या लिम्बू, बिजय लिम्बू, कान्छी तमु, कुसुम गुरुङ, ललित गुरुङ, प्रदिप दाहाल, भरत राई, प्रनय गुरुङ, शरण गुरुङ, मनोज गुरुङ, एनवी गुरुङलाई फिचर्ड गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *