प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
काठमाडाैं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही फागुन ३० गते प्रतिनिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ।
सोमबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सबै सांसदहरूका नाममा पत्र लेख्दै प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदानका लागि ह्विप जारी गरिएको जानकारी दिएका हुन्।
गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन त्याग्दै २०७९ पुस १० गते बनेको एमालेसहितको नयाँ गठबन्धनबाट सत्ता यात्रा अघि बढाएका थिए।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment