बागमती प्रदेशसभाः विशेष समितिको प्रतिवेदन पारित

डिसी नेपाल
३० फागुन २०८० २०:४६
16
Shares

मनहरी। बागमती प्रदेशसभाले विशेष समितिको प्रतिवेदन पारित गरेको छ। प्रदेशसभाको आज अपराह्न बसेको बैठकले बजेट तथा कार्यक्रम व्यवस्थापन समितिको प्रतिवेदनलाई पारित गरेको हो।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले विशेष समितिले तयार गरेको प्रतिवेदन छलफलको प्रस्ताव अघि बढाएका थिए। प्रतिवेदनमाथि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद केशवप्रसाद पोखरेल, भरतबहादुर केसी, नेपाली कांग्रेसका सांसद मदुकुमार श्रेष्ठ छलफलमा सहभागी थिए।

दलहरुबीचको विवाद समाधानका लागि चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्न विशेष समिति गठन गरी अध्ययन गरिएको थियो्। सो समितिले अध्ययन गरी मंगलबार सभामुख पाठकलाई प्रतिवेदन पेश गरेको थियो भने समितिका संयोजक नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्सालले संसद्मा पेस गरेका थिए।

बागमती प्रदेशसभाको बैठक १५ मिनेट सञ्चालन भएर स्थगित भएको थियो। प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *