सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै

डिसी नेपाल
१ चैत २०८० ६:४८
20
Shares

काठमाडौं। सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै छ।

गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज सरकारलाई प्रतिबेदन बुझाउन लागेको हो।

जस अनुसार आज आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दै छन्। उक्त प्रतिवेदन गृह मन्त्रालयमा बिभागीय मन्त्रीले बुझ्ने छन्।

गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो। सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा थप २ महिना थप्ने निर्णय गरे पछि आयोगले आफ्नो काम पूरा गरेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *