सुन तस्करीबारे छानबिन गर्न बनेको आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

डिसी नेपाल
१ चैत २०८० ११:५८
68
Shares

काठमाडौं। सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

बिहीबार आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत भएको सुन तस्करीलगायतका विषयमा छानबनि गर्न सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । सो आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *