सुन तस्करी र दोषीलाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउँछु : गृहमन्त्री लामिछाने

डिसी नेपाल
१ चैत २०८० १३:५०
60
Shares

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी र यस प्रकणमा जोडिएकालाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउने बताएका छन्।

सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार बुझाएको प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणको दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिने बताए।

छानबिन समितिको प्रतिवेदनअनुसार दोषीहरुलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ।

सुन तस्करीमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क भएका कर्मचारी र प्रहरीबारेको डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट आयोगले अध्ययन गरेको थियो । सुन तस्करी प्रकरणमा सीआईबीले कागज गराएर छाडेका २१ जनालाई आयोगले बयान गराएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *