नेसपा विभाजन

महिन्द्रराय समूहले माओवादीसँग गरेको पार्टी एकतालाई मान्यता नदिने बाबुराम पक्षको निर्णय

डिसी नेपाल
४ चैत २०८० १८:५१
260
Shares

काठमाडौं। नेपाल समाजवादी पार्टी(नेसपा)को डा.बाबुराम भट्टराई पक्षले महिन्द्रराय यादव समूहले माओवादीसँग गरेको एकता पार्टीको नीति विपरीत भएकाले पार्टीले मान्यता नदिने निर्णय गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा बसेको नेसपाको केन्द्रीय कार्यकार्यकारिणी समितिको बैठकले पार्टीको नीति बिपरित स्वार्थका आधारमा केहि नेताहरुले माओवादीसंग पार्टी एकता गरेको भन्दै त्यसको कुनै मान्यता नहुने निर्णय गरेको हो।

नेसपालाई संगठनात्मक रुपमा देखिएका समस्या समाधान गर्दै पुनर्जिवित गर्ने बिषयमा पार्टी गम्भीर रहेको कार्यकारिणी सदस्य कृष्ण शर्माले बताए। शर्माले कार्यकारिणी समिति बैठकमा आफुहरुसंग बहुमत रहेको दाबी गरे।

अनुशासनलाई तोडेर सत्ता समिकरणको खेलमा अमुक स्वार्थ पुरा गर्ने ध्येयका साथ पार्टीका केही नेताले गरेको क्रियाकलाप स्वीकार्य नहुने उनको भनाइ छ ।

उनले देशको अग्रगमनका लागि कार्ययोजनासहित अघि बढ्ने भन्दै सोमबार बस्ने केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *