पार्टीलाई बलियो बनाउन एक ढिक्का हुन आवश्यकः विजयकुमार गच्छदार

डिसी नेपाल
४ चैत २०८० २२:४०
216
Shares

सुनसरी। नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि सबै एक ढिक्का हुन आवश्यक रहेको पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले बताएका छन्।

नेपाली कांग्रेस सुनसरीले आज सदरमुकाम इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्तासँगको अन्तरक्रिया कार्यक्रममा नेता गच्छदारले कांग्रेस बलियो भएन भने लोकतन्त्र नै कमजोर हुने भएकाले लोकतन्त्रलाई जोगाउन र अहिलेको व्यवस्थालाई ठीक ढङ्गले अगाडि बढाउनका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको उनले बताए।

पछिल्लो समय देशको राजनीतिक गतिविधि सही ‘ट्र्याक’मा अगाडि नबढेको उनले सुनाए। देशको राजनीतिलाई सही ट्र्याकमा अगाडि बढाउनका लागि कांग्रेसलाई मजबुत पार्टीका रुपमा स्थापित गर्न आवश्यक रहेको नेता गच्छदारले बताए।

कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका सदस्य राजीव कोइराला, पूर्वराज्यमन्त्री सीताराम मेहता, पार्टी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, इनरुवा नगरपालिकाका उपप्रमुख विनिता मेहता, दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदार, पार्टीका सुनसरी उपसभापति पंकज महतो, सुनसरी सचिव वीरेन्द्रकुमार साहलगायतको सहभागिता थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *