राष्ट्रियसभाका दुई समितिका सभापतिले लिए शपथ
काठमाडाैं। राष्ट्रियसभा अन्तर्गत दुइवटा बिषयगत समितिका सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन्।
राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सपथ खुवाएका हुन्।
दुई समितिको सभापतिमा एकमात्रै उम्मेद्वारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए। त्यसअघि सोमबार नै बसेको दुईवटा समिति बैठकले उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment