एक हप्ताभित्र दुग्ध किसानको हातमा रकम पुग्छः कृषिमन्त्री साह

डिसी नेपाल
५ चैत २०८० १६:०६
36
Shares

काठमाडौं। कृषिमन्त्री ज्वालाकुमारी साहले दुग्ध किसानको बक्यौता समस्या छिटै समाधान हुने बताएकी छन्।

सोमबार काठमाडौंमा आयोजित दुधपान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले निजी क्षेत्रबाट किसानहरुलाई चार अर्ब र डीडीसीबाट दुई अर्ब भूक्तानी गर्न बाँकी रहेको देखिएकाले डीडीसीका तर्फबाट ऋण स्वरुप ३० करोड निकासा गर्न स्वीकृत भइसकेको जानकारी दिइन्।

उक्त रकम एक हप्ताभित्र किसानको हातमा पुग्ने उनले दाबी गरिन्। उनले पशु बिमा कम्पनीलाई सञ्चालन गर्न ४८ करोड रुपैया स्वीकृत प्रदान गरिसकेको जानकारी दिइन्। मन्त्री साहले दुध उत्पादन गरे अनुसार बिक्रिको समस्या देखिएको भन्दै सरकारले विभिन्न कार्यक्रम संचालन गरि सहज रुपमा दुध बिक्रिको व्यवस्था गरिने बताइन्।

उनले विद्यालय दिवा खाजा कार्यक्रममा कम्तीमा एक गिलास दुध अनिवार्य रुपमा दिनुपर्ने नीतिलाई कार्यान्वयन गर्नुपर्ने बताइन्। नेपाल डेरी एसोसिएसनको आयोजना र दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौंको प्रोलिफिक माविमा दुधपान कार्यक्रम आयोजना गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *